चरेसका अन्तर्राष्ट्रिय कारोबारी छपालीलाई २ वर्ष कैद, झण्डै २ करोड रुपैयाँ बिगो र जरिवाना – Nepal Press

चरेसका अन्तर्राष्ट्रिय कारोबारी छपालीलाई २ वर्ष कैद, झण्डै २ करोड रुपैयाँ बिगो र जरिवाना

काठमाडौं । विशेष अदालतले चरेसका अन्तर्राष्ट्रिय कारोबारी देवेन्द्रविक्रम रोका छपालीलाई २ वर्ष कैद तथा झण्डै २ करोड बिगो र जरिवाना हुने फैसला सुनाएको छ ।

टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रीतेन्द्र थापासहितको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । अघिल्लो पेशीमा छपालीलाई दोषी ठहर गरिएको थियो ।

इजलासले छपालीको नाममा रहेको जग्गा, गाडी र बैंक खातामा रहेको ६४ लाख ६६ हजार ७८४ रुपैयाँ पनि जफत हुने निर्णय सुनाएको छ । उनलाई ७४ लाख ५९ हजार ९८४ रुपैयाँ ६९ पैसा बिगो र त्यसको दोब्बर एक करोड ४९ लाख १९ हजार ९६९ रुपैयाँ ३८ पैसा जरिवाना गरिएको छ ।

लागुऔषध कारोबारबाट कमाएको सम्पत्ति भन्दै छपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *