१६ औं योजनामा सांसदहरुले दिएका सुझाव समेट्न अर्थ समितिको निर्देशन (भिडिओ) – Nepal Press

१६ औं योजनामा सांसदहरुले दिएका सुझाव समेट्न अर्थ समितिको निर्देशन (भिडिओ)

काठमाडौं । सांसदहरुले दिएका सुझाव आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकपछि समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिएका हुन् । उनले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको बताए ।

उनले स्रोत सुनिश्चिता भएमात्रै योजना बनाउनुपर्ने उल्लेख गरे । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनि रहँदा ५ अर्बको चामल खरिद भइरहेको बताए । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने बताए ।

‘राष्ट्रिय योजना आयोगले सांसदहरुले दिएका सुझावलाई आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्नको लागि निर्देशन गदर्छु । आयोजले योजना बनाउँदा पैसाको कुरा आउँछ । पैसा भएमात्रै योजना बनाउने हो पैसा नभए के योजना बनाउने हो’, उनले भने, ‘आज ५ अर्बको चामल किनेर खाइरहँदा मुलुक खाद्यन्नमा आत्मनिर्भर नभएसम्म मुलुकमा भइरहेका उत्पादनलाई प्रोत्साहन दिएर निर्यात नबढाएसम्म आर्थिक विकास हुने भएकाले यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्न आवश्यक छ । असाध्यै राम्रा कुराहरुमा सांसदहरुबाट सझावहरु आएका छन् । ती सुझावलाई समावेश गरेर आगामी योजना तर्जुमा होस् । यसमा हामी सबै जिम्मेवार छौं ।’

उनले समितिमा सांसदहरुले दिएका सुझावलाई समावेश गरेर आगामी १६ औं योजना तर्जुमा गर्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *