संसदीय मामिला पत्रकार समाज लुम्बिनीमा गौतम – Nepal Press

संसदीय मामिला पत्रकार समाज लुम्बिनीमा गौतम

रुपन्देही । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

समाजको शनिवार लुम्बिनीमा भएको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाले गौतमको अध्यक्षतामा ३ सदस्य पछि मनोनीत गर्ने गरी १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समाजको उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खड्का, सचिव दीपक घिमिरे, कोषाध्यक्षमा दशरथ घिमिरे, समावेशी सचिव राधा बस्नेत (रिया) रहेका छन् ।

त्यसै गरी सदस्यहरूमा टोपराज शर्मा, अर्जुनकुमार अधिकारी, किरण जिसी, अमरराज भण्डारी, छवि पुरी, यमकला भुसाल, निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश संरचना विकास भएपछि स्थापना भएको समाजलाई अहिले प्रदेशमा रहेर यो विटमा काम गर्ने पत्रकारहरूको साझा चौतारी बनाउने अध्यक्ष गौतमले बताए ।

अधिवेशनको अवसरमा समाजले स्थापना गरेको २५ हजार राशिको उत्कृष्ट पत्रकारिता पुरस्कार भरत केसीलाई प्रदान गरिएको निवर्तमान अध्यक्ष विष्णु घिमिरेले जनाए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले उक्त पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *