गठबन्धनमा नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीट – Nepal Press

गठबन्धनमा नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सीट र अध्यक्ष मागेको छ । गठबन्धनको शनिवारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित ५ सीट माग गरेको हो ।

नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ । गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी केन्द्रले ७ सीटमा दाबी गरेको छ ।

नेकपा एसका नेताहरूले ५ सीट भनेर ३ सीटमा सम्झौता गर्न सकिने बताएका छन् । अध्यक्षको अडान भने नछाड्न दबाब छ । कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएकाले अध्यक्ष नेकपा एसले पाउनुपर्ने दाबी उसको छ ।


प्रतिक्रिया

One thought on “गठबन्धनमा नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर