प्रधानमन्त्री प्रचण्डविरुद्ध अवहेलना मुद्दामा ७ वर्षपछि आज फैसला आउँदै – Nepal Press

प्रधानमन्त्री प्रचण्डविरुद्ध अवहेलना मुद्दामा ७ वर्षपछि आज फैसला आउँदै

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध अदालतको अवहेलना मुद्दाको फैसला आज सुनाउँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको आज निसु (निर्ण सुनाउने) गरी पेसी तोकिएको छ ।

उक्त मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए । यो मुद्दाको बहस सकिएर आजका लागि निसु तोकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर