राष्ट्रियसभाको सीट भागबन्डाको सकस- गठबन्धनको बैठक बस्ने भएपछि नेकपा एसको स्थगित – Nepal Press

राष्ट्रियसभाको सीट भागबन्डाको सकस- गठबन्धनको बैठक बस्ने भएपछि नेकपा एसको स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक स्थगित भएको छ । राष्ट्रियसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्नका लागि आज दिउँसो १ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

बेलुका गठबन्धनको बैठक बस्ने भएकाले सचिवालय बैठक भोलि दिउँसो १ बजे बस्नेगरी सारिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । तर, गठबन्धनको बैठकको बस्ने समय तय भइसकेको छैन ।

बैठकमा गठबन्धनबाट पार्टीले पाउने सीटको विषयमा छलफल हुने जनाइएको छ ।

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एसका अध्यक्ष माधव नेपालले असन्तुष्टि जनाएका छन् । उनले हिजो बिहान बालुवाटारमा बसेको बैठकमा विमति राखेका थिए ।

आगामी माघ ११ गते हुने निर्वाचनको लागि पुस २३ गते उम्मेदवारी दर्ता हुँदैछ । गठबन्धनभित्र भागबन्डाको कुरा नटुंगिएपछि दलहरु आन्तरिक छलफलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर