एमालेलाई राष्ट्रियसभामा सीट दिने प्रस्तावमा माधव नेपालको विमति – Nepal Press

एमालेलाई राष्ट्रियसभामा सीट दिने प्रस्तावमा माधव नेपालको विमति

सुदेश पराजुली भन्छन्- उहाँले पार्टीको सैद्वान्तिक दृष्टिकोण र अडान राख्नुभएको हो, जिम्मेवार बालुवाटार नै हुन्छ

काठमाडौं । राष्ट्रियसभामा एमालेलाई सीट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विमति राखेका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले विमति राखे ।

टीआरसी विधेयकमा सहमतिको शर्त अघि सार्दै एमालेलाई पनि राष्ट्रियसभामा सीट दिन कांग्रेस र माओवादी सकारात्मक देखिएका छन् । अध्यक्ष नेपालले पार्टीको सैद्वान्तिक दृष्टिकोण र अडान राखेको केन्द्रीय सदस्य सुदेश पराजुलीले बताएका छन् ।

उनले भनेका छन्, ‘बालुवाटार बैठकमा कमरेड माधव नेपालले आफ्नो पार्टीको सैद्वान्तिक दृष्टिकोण र अडान राख्नु भएको हो (सत्तापक्ष र प्रतिपक्षका सन्दर्भमा)। विमति र सहमति कमरेड प्रचण्डको विषय हो । हाम्रो पार्टी, पार्टीका आदरणीय अध्यक्ष आफ्नो मान्यतामा दृढ हुनुहुन्छ ।’

उनले सहमति र असहमतिको दोष बालुवाटार नै हुने भएकाले अरुलाई देखाएर पानी माथिको ओभानो बन्न नपाइने बताए ।

एमालेले टीआरसी विधेयक पास गर्नको लागि राष्ट्रियसभामा ६ सीट मागेको प्रधानमन्त्रीले गठबन्धनको बैठकमा ब्रिफिङ गरेका थिए । दलहरूबीच आन्तरिक छलफलपछि पुन: बैठक बस्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर