भारतीय विदेशमन्त्री एस जयशंकर आइपुगे, स्वागत गर्न परराष्ट्र मन्त्री साउद विमानस्थलमा (भिडिओ) – Nepal Press

भारतीय विदेशमन्त्री एस जयशंकर आइपुगे, स्वागत गर्न परराष्ट्र मन्त्री साउद विमानस्थलमा (भिडिओ)

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउँदले स्वागत गरे ।

नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् । नेपालमा २ दिनसम्म रहने मन्त्री जयशंकरले आजै बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेट गर्ने कार्यतालिका रहेको छ ।

यस्तै १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने तालिका रहेको छ ।

मन्त्री जयशंकर १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग वार्ता हुनेछ । आजे सवा १ बजे याक एण्ड यतिमा नेपाल-भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् ।

पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको छ ।

३ः ४० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्य तालिका रहेको छ ।

तस्बिरहरु : गौरव पौडेल/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर