प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीलाई ११ रनले हराउँदै एपीएफ बन्यो च्याम्पियन – Nepal Press

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीलाई ११ रनले हराउँदै एपीएफ बन्यो च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको थियो ।

११५ रनको लक्ष्य पाएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोड्यो । कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि कोशीलाई विजेता बनाउन सकिनन् ।

विकेटकिपर काजल श्रेष्ठले २२ रन बनाइन् । त्यसअघि एपीएफको पालीमा ईन्दु वर्माले ५३, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर