अस्पतालको बेडमा कुकुर बसेपछि तीन स्वास्थ्यकर्मी निलम्बनमा – Nepal Press

अस्पतालको बेडमा कुकुर बसेपछि तीन स्वास्थ्यकर्मी निलम्बनमा

रुपन्देही । कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ ।

अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्।

इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल बनेको थियो । अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ । अस्पतालमा रहेको सिसिटिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरवाही गर्ने ३ जनालाई निलम्बन गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *