मुख्यमन्त्री कार्कीलाई प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितीको ध्यानाकर्षण – Nepal Press

मुख्यमन्त्री कार्कीलाई प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितीको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष समितीले मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्रमार्फत कोशी नाम खारेजीको माग पुन दोहोर्याएको छ ।

यस्तै, पक्राउ परेका कार्यकर्ताको रिहाईको समेत माग गरिएको ध्यानाकर्षण पत्रमा झापा बुद्वशान्तिका बुलेट राईलाई झुठो मुद्दामा फँसाउन खोजिएको संघर्ष समितिको दाबी छ ।

उनलाई इलामको पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखिएको र बिना शर्त रिहाइ नगरे पुस १८ र १९ मेची राजमार्ग बन्द गर्ने चेतावनी ध्यानाकर्षण पत्रमा उल्लेख छ । यस्तै, ताप्लेजुङको पाथिभरामा निर्माण गरिने भनिएको केवलकार निर्माणको काम रोक्न माग गरेका छन् ।

याक्थुङ लिम्बुहरुको मुन्धुमीस्थल, आध्यात्मिक आस्थाको केन्द्र मुकुमलुङलाई नाम लगायत सरकारले निजी कम्पनीलाई केवलकार निर्माण गर्ने अनुमति दिएर व्यापारिक केन्द्र बनाइ अतिक्रमण जारी रहेमा कडा संघर्षमा उत्रिन बाध्य हुने डाकेन्द्र सिङ थेगिमले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर