गृहमन्त्रीको प्रतिबद्धता- बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ (भिडिओ) – Nepal Press

गृहमन्त्रीको प्रतिबद्धता- बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको बताए ।

उनले भने- सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु ।

उनले मृतकको परिवारलाई १० लाख बाहेक थप आर्थिक सहयोग र परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने बताए ।


प्रतिक्रिया

One thought on “गृहमन्त्रीको प्रतिबद्धता- बालकुमारी घटनामा जोसुकै दोषी देखिए पनि कारबाही हुन्छ (भिडिओ)

  1. कारबाहीको त कुरै छाडौं मन्त्रि ज्वालाको दोषी देखिए यो मान्छे चार कोश पर भाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर