अनेरास्ववियुले रुपन्देहीमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलायो (भिडिओ) – Nepal Press

अनेरास्ववियुले रुपन्देहीमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलायो (भिडिओ)

रुपन्देही । शुक्रबार काठमाण्डौंमा दुई युवाको प्रहरीद्वारा मारिएको विरोधमा अनेरास्ववियु रुपन्देहीले राँके जुलुश, प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्लादहन गरेको छ ।

बुटवल बहुमुखी क्याम्पसबाट निकालिएको जुलुसपछि विद्यार्थीहरुले पुत्ला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेर दुई विद्यार्थीलाई गिरफ्तार गरेपछि आक्रोशित विद्यार्थीले प्रहरी गाडिमाथि आक्रमण गरेका छन् ।

प्रहरीको गाडीमा सामान्य क्षति भएको छ । विद्यार्थीहरुले प्रहरीको गाडीमा राखिएका दुई विद्यार्थीलाई खोसेर बाहिर निकालेको अनेरास्ववियु रुपन्देही अध्यक्ष भरत अर्यालले जनाए । शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएकाले विद्यार्थी आक्रोशित भएको र अब यस प्रकारको दमनमा नजान अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज साजन भण्डारीले आग्रह गरेका छन् ।

बुटवल बहुमुखी क्याम्पसबाट निस्केको विरोध र्याली ट्राफिकचोकमा पुगेर विरोध सभा गरेर सकिएको थियो । विरोध सभामा बोल्ने विद्यार्थी नेताहरुले देशमा रोजगार नभएर विदेश जान लागेका युवाहरुको निर्मल हत्या र त्यसपछिको आन्दोलनमा भएको दमनले सरकारको निरीहता प्रदर्शन भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर