बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न जसपाको माग – Nepal Press

बालकुमारी घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न जसपाको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रोजगार अनुमति प्रणाली (ईपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले शुक्रबार बालकुमारीमा गरेको आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको निधन भएको घटनामा सत्य तथ्य छानबिन हुनुपर्ने र दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

शनिबार विज्ञप्ति जारी गरी जसपाले इपिएस परीक्षामा आवेदन दिन नपाउने भनि कसले र किन निर्णय गरेको थियो रु उक्त घटना कसरी घट्न गयो रु उक्त घटनासँग जोडिएको समग्र विषयको सत्य, तथ्य छानबिन गर्न माग गरेको छ ।

मुलुकभित्र रोजगारी सृजना गर्न नसक्नु राज्यको कमजोरी भएको बताउँदै जसपाले रोजगारको माग गर्ने युवामाथि दमन गर्ने र नागरिक हत्या गर्ने सरकारको कदम दुखद भएको बताएको छ ।

पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन समेत जसपाले सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर