मन्त्री ज्वालाको प्रष्टीकरण- बालकुमारी घटनामा मेरो सम्बन्ध छैन, पिएसओले गोली चलाएको होइन (भिडिओ) – Nepal Press

मन्त्री ज्वालाको प्रष्टीकरण- बालकुमारी घटनामा मेरो सम्बन्ध छैन, पिएसओले गोली चलाएको होइन (भिडिओ)

‘सरोकार नै नभएको विषयमा सरकारी सम्पत्ति क्षति गर्ने कुरा खेदजनक’

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाप्रति आफ्नो कुनै सम्बन्ध नभएको प्रष्ट पारेका छन् । उनले मन्त्रालयतिर फर्किरहेको आफ्नो गाडी बिना कारण जलाइएको बताए ।

केन्द्रीय समितिको बैठकपछि उनले भने, ‘बालकुमारी घटनामा मेरो कुनै सम्बन्ध छैन । मेरो पिएसोले गोली चलाउन त के कसैसँग कुराकानी समेत गरेको छैन । त्यसमा कुनै सरोकार पनि राखेको छैन । गाडी मन्त्रालयतिर जाँदै थियो । रोकियो हावा खुस्काएर आगजनी गरियो म यहाँ बैठकमा थिएँ ।’

उनले बिना कारण सरोकार नै नभएको बिषयमा सरकारी सम्पत्ति क्षति गर्ने कुरा खेदजनक भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर