त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध अनेरास्ववियुद्वारा संघर्षको घोषणा – Nepal Press

त्रिविमा हुने राजनीतिक भागवण्डाविरुद्ध अनेरास्ववियुद्वारा संघर्षको घोषणा

काठमाडौं । अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी कीर्तिपुरले राजनीतिक भागबन्डा बिरुद्ध संघर्ष घोषणा गरेको छ ।

बिहीबारदेखि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रधानमन्त्री कुलपति हुने व्यवस्था खारेज, बाेर्ड अफ ट्रष्टमार्फत विश्वविद्यालय सञ्चालन र राजनीतिक भागबन्डा अन्त्य गरि मुख्य तीन विषयमा संघर्ष सुरु गरेको हो ।

आज त्रिवि विश्वविद्यालय केन्द्रिय क्याम्पसमा कालो झ्ण्डा लगाएर विरोध सुरु गरेको अनेरास्ववियुका महासचिव नरेश रोकायाले बताए ।

महासचिव रोकायाले भने, ‘अनेस्ववियुले अज केन्द्रिय क्याम्पसमा कालो झण्डा राखेर संघर्ष सुरु गरेको छ । भोलि शुक्रबार सबै क्याम्पसहरुमा हस्ताक्ष्यर संकलन गरिने छ । यो देशैभरीका क्याम्पसहरुबाट हस्ताक्षर संकलन हुनेछ् । आइतबार सबै हस्ताक्ष्यर प्रधानमन्त्री र शिक्षा मन्त्री समक्ष्य पेश गर्नेछौ र त्यसपछि पनि बेवास्ता गरियो भने अर्को संघर्ष सुरु हुनेछ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर