सेवाग्राहीसँग घुस लिएका नवलपरासी नापीका अमिन अख्तियारको फन्दामा – Nepal Press

सेवाग्राहीसँग घुस लिएका नवलपरासी नापीका अमिन अख्तियारको फन्दामा

रुपन्देही । नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल सेवाग्राहीसँग रकम लिएपछि पक्राउ परेका छन् ।

उनले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुसत्ररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

टोलीले ढकाललाई सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट आज नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *