कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने सरकारको तयारी – Nepal Press

कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने सरकारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश संचारमाध्यम व्यवस्थापन गर्न बनेको विद्येक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले सन्चार बिधेयक पेस गरे तयारी भएको बताए । उनले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताए ।

बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताएका छन् ।

यस्तै प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरेको उनले बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर