सन्दीपको मुद्दामा जिल्ला अदालतमा बहस जारी, को-को छन् वकिल ? – Nepal Press

सन्दीपको मुद्दामा जिल्ला अदालतमा बहस जारी, को-को छन् वकिल ?

आज फैसला आउने सम्भावना कम

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बहस जारी रहेको छ । बिहान साढे १० बजेबाट बहस सुरू भएको अदालत स्रोतले जानकारी दियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए । आज पनि वादी पक्षका वकिलहरुले बहस गरिरहेका छन् । उनीहरुको सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन् ।

बहसको रफ्तार हेर्दा आजै फैसला आउन सक्ने कम सम्भावना देखिन्छ । यसअघि नै दुवै तर्फका वकिलहरुले बहस नोट बुझाइसकेका छन् । तर, वकिलहरूको संख्या धेरै भएकाले आज नसकिने देखिएको हो । वादी र प्रतिवादी दुवै तर्फबाट आधा दर्जनभन्दा बढी कानून व्यवसायी छन् ।

मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाइप्रोफाइल वकिलहरूले बहस गर्दैछन् । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरूदेखि यो मुद्दामा बहस गर्दै आएका थिए । यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्नेछन् । अन्य कानून व्यवसायीमा कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरे, मुरारी सापकोटा र थप एक वकिल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर