समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेपछि राप्रपा प्रवक्ता श्रेष्ठको आपत्ति – Nepal Press

समाजवादी मोर्चाको बैठक बालुवाटारमा बसेपछि राप्रपा प्रवक्ता श्रेष्ठको आपत्ति

काठमाडौं । समाजवादी मोर्चा र गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामार बसेकोप्रति राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आपत्ति जनाएका छन्। आज मोर्चाको बैठक बालुवाटारमा बसेपछि प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘समाजवादी मोर्चाको बैठक वा कुनै पनि दलीय बैठकहरु प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु आपत्तिजनक छ। देशको प्रधानमन्त्री बस्ने, जनताको पैसाबाट चल्ने सरकारी निवासलाई कुनै दल विशेषको, मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइनु हुँदैन । यो मुलतः नैतिकताको विषय हो।’

देशको प्रधानमन्त्री बस्ने ठाउँलाई मोर्चाको सम्पर्क कार्यालय जस्तो बनाइन नहुने उनको भनाइ छ। मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा संलग्न छन्। त्यसो त गठबन्धनको पनि पनि प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा नै राख्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर