पूर्वमन्त्री भण्डारीलाई कसले दियो चैतसम्म संविधान खारेज हुने सूचना ? – Nepal Press

पूर्वमन्त्री भण्डारीलाई कसले दियो चैतसम्म संविधान खारेज हुने सूचना ?

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन सत्रमा मंगलबार प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले भनेका थिए, ‘यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो संविधान खारेज हुन सक्छ । संघीयताको विरुद्ध खरो उत्रिएका नेता भण्डारीले सम्बोधनका क्रममा चैतसम्म हालको संविधान खारेज हुने सूचना आफूले पाएको जिकिर गरेका थिए ।

भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत छन् । वन तथा भूसंरक्षणमन्त्री भइसकेका नेता भण्डारी संघीयताको विरुद्धमा हरबखत खरो उत्रिने गर्दछन् । उनी कांग्रेसमा हिन्दू राज्यको वकालत गर्ने नेताको रूपमा परिचित छन् ।

चैतसम्म संविधान खारेज हुने सूचना तपाईँलाई कसले दियो ? भनेर पूर्वमन्त्री भण्डारीलाई हामीले प्रश्न गरेका छौं । उनको भनाइ जस्ताको तस्तै :

अहिले हामीले एउटा कुरा पत्तासाफ गर्नुपर्‍यो- हाम्रा नेताहरूले, प्रमुख नेतृत्वहरूले । हामीले ७२ सालमा संविधान जारी गर्दै गर्दा गौरवका साथ संसारकै उत्कृष्ट संविधान बनाएका छौं । अब राजनीतिक परिवेश र परिस्थितिले सबै कुराहरू व्यवस्थापन भए । परिवर्तन सबै किसिमको भयो । अब देश बनाउने कुरा ७२ सालमा सबै ठूलठूलो स्वरले बोलेको हो । भर्खरैमात्र पनि सरकारका मन्त्रीले बोलेको अभिव्यक्ति यहाँहरूले सुन्नुभएकै छ । जानकारी पाउनुभएकै छ । त्यसैले सरकारमा भएको मन्त्री त्यो पनि संस्कृतिमन्त्रीले त्यस्ता प्रकारका अभिव्यक्ति दिँदा कुन अवस्थामा देशमा सहज वातावरण बनाउँछ । अथवा त्यसले गम्भीर संकट ल्याउँछ भन्ने कुरा तपाईँहरूले विश्लेषण गर्नुस् । यस्तो प्रकारका धेरै परिस्थितिहरू छन् । राजनीतिमा पटकपटक निर्वाचनमा बहुमत आउँदा । मैले अस्ति पनि बोलेको छु ।

विषम विषयमा देश अब बढो संकट आछ र बाह्य प्रभाव बढ्दै गएको कारणले त्यो अनुमान गर्न थालियो । हामीलाई पनि कतिपय मान्छेहरूले भनेका छन् । त्यसो भएका कारणले मैले भनेको हो । नेताहरू सच्चिनुस् । नेताहरू गल्तीबाट सच्चिएर मुलुकलाई शिरमा राखेर एक ठाउँमा आउनुस् भन्ने सुझाव अथवा सन्देश दिनका लागि त्यो कुरा बोलेको हुँ । त्यो अनुसारको आन्तरिक कुराहरू भाकै छन् । त्यस्ता गतिविधिहरू बढ्दै छन् । र, अझ खतरनाक ढंगले अत्यन्त असहज परिस्थिति धेरै प्रकारका सम्भावनाका संकेतहरू देखिएका छन् ।

हामीले दुई-दुईपटक बहुमत ल्याउँदा सरकार सञ्चालन गर्न सकिरा छैनौं । ७४ सालमा त्यत्रो जनमत कम्युनिष्टहरूले पाउँदा सरकार चलेन । यसको पछाडि कारणहरू छन् । त्यो कुराको अब हामीले समीक्षा गरौँ । त्यो कारणहरूलाई असफल गरौँ । र देशलाई शिरमा राखेर हामी अगाडि बढौं र देशका लागि एक ठाउँमा रहौं भन्ने अर्थमा मैले भन्दा त्यो वातावरण देशमा बनेन । त्यसले गर्दा विद्रोह धेरै बढेको छ । बाह्य शक्तिको प्रभाव झनझन बढ्दो छ । बाह्य शक्तिको प्रभावमा बढी प्रभावित मान्छेहरू, सञ्चालित मान्छेहरू मूल राजनीतिमा मूल भूमिकामा छन् । त्यस कारण गल्ती कमजोरीलाई सुधारेर देश हितका लागि कसैको दबाबमा नपरी एक ठाउँमा उभिने काम भएन । त्यसले गर्दा असहज परिस्थिति भयो । सँगसँगै वैदिक सनातन धर्म संस्कार संस्कृतिलाई । हामीले के भनेका छौं सबै धर्म सम्मानित हुन्छन् । नागरिकको धर्मप्रति आस्था स्वतन्त्र हुन्छ । त्यसलाई सम्मान गर्नुपर्छ । संसारको शक्तिशाली मुलुक अमेरिकाको कुरा गर्नुस् बेलायतको कुरा गर्नुस् । ५०औँ मुलुक इस् माली मुलुक छन् ।

यसर्थमा संसारको एक मात्र वैदिक सनातन हिन्दू राष्ट्र, गौतम बुद्ध जन्मेको, बुद्धको धर्म, फागुनन्दले प्रतिपादन गरेको हाम्रो धर्म यी सबैलाई हामीले संरक्षण गरौं । सम्मान गरौं । भन्दा नटेरेको कारणले, त्यसमा बेइमानी गरेको कारणले त्यसले विषम विषयमा देश अब बढो संकट आछ र बाह्य प्रभाव बढ्दै गएको कारणले त्यो अनुमान गर्न थालियो । हामीलाई पनि कतिपय मान्छेहरूले भनेका छन् । त्यसो भएका कारणले मैले भनेको हो । नेताहरू सच्चिनुस् । नेताहरू गल्तीबाट सच्चिएर मुलुकलाई शिरमा राखेर एक ठाउँमा आउनुस् भन्ने सुझाव अथवा सन्देश दिनका लागि त्यो कुरा बोलेको हुँ । त्यो अनुसारको आन्तरिक कुराहरू भाकै छन् । त्यस्ता गतिविधिहरू बढ्दै छन् । र, अझ खतरनाक ढंगले अत्यन्त असहज परिस्थिति धेरै प्रकारका सम्भावनाका संकेतहरू देखिएका छन् । त्यसर्थ मैले भनेको हो ।

दोस्रो कुरा अहिलेको जनमत कुनै पनि अवस्थामा प्रदेश संरचनाको पक्षमा छैन । यो मेरो कुरा होइन । नेपाली जनताको मतको कुरा हो । त्यसमा मैले के कुरा जोड्न खोजेको हो भने उदारेका लागि १ नम्बर प्रदेशमा पहिचानको नाममा त्यहाँ अहिले लडाइँ चलिराखेको छ । पार्टीका नेताहरू जिल्ला जाँदा आफ्ना पार्टीका गतिविधिमा संलग्न हुन कोशीमा जाँदा प्रहरी प्रशासनको सुरक्षा लिएर जाँदा पनि अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । १ सय ४० जातजातिको बसोबास भएको पछिल्लो अभिलेख छ नेपालमा । देशको पहिचान ठूलो कि समूहको पहिचान ? सबैको सम्मान हुनुपर्छ । सबैको संस्कार संस्कृति स्विकार्नुपर्छ । नेपालको विशेषता पनि हो ।

सबैभन्दा ठूलो कुरा त देशको पहिचान हो । सामाजिक एकता हो । त्यो कुरामा गम्भीर संकट पर्ने देखिएका छन् । त्यसलाई नै मध्यनजर राखेर आर्थिक सामाजिक, राजनीतिक र राष्ट्रिय एकताको दृष्टिकोणले पनि प्रदेश समस्याको रूपमा देखियो । त्यसर्थमा मैले भनेको हुँ । निर्वाचन प्रणालीको बारेमा सभापतिज्यूले आफैं अस्ति भन्नुभएको छ । त्यसकारण यी कुरामा गम्भीर अनुभूतिहरू भएका छन् । कुराहरू आउँछन् । त्यही कुरा मैले उजागर गरेको हो ।

000

केही माननीय साथीहरू पनि फागुनदेखि यहाँ उथलपुथल हुन्छ । नेताहरू भाग्नुपर्छ । स्वयं मन्त्रीहरू त्यस्तो बोल्दै हिँड्नुभएको छ । यीनै प्रकारका कारणहरू, यस्तै कार्यशैली र गतिविधिले संकट आउँछ । राजनीतिक नेतृत्वप्रति जनताको विश्वास टुट्दै जानु, बाह्य विश्वास पनि घट्दै जानु, हरेक प्रकारको द्वन्द्वको वातावरण सिर्जना हुनुको संकेत के हो भने मुलुकमा परिवर्तन नयाँ प्रकारले हुन सक्छ भन्ने संकेत चाहिँ घटना परिघटनाले दिएको छ भन्ने विश्लेषण हो ।

आर्थिकबीचको अनेकता, अन्तरपार्टीबीचको अनावश्यक द्वन्द्व, कलह, अविश्वास, पार्टीभित्रको आन्तरिक द्वन्द्व, देशको हरेक क्षेत्रमा भ्रष्टाचारदेखि लिएर सामाजिक सांस्कृतिक, धार्मिक हरेक क्षेत्रमा द्वन्द्व, भौगोलिक रूपमा पनि अनेकन विभाजन पनि यसका कारण र प्रमाण हुन् । जसले मुलुकलाई नयाँ बाटोमा लग्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर