डिश होम १२ खरी कथा प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम (भिडिओ) – Nepal Press

डिश होम १२ खरी कथा प्रतियोगितामा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम (भिडिओ)

काठमाडौं । ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता-२०८०’ मा मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम भएको छ ।

आइतबार काठमाडौंमा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएको जानकारी दिइएको हो ।

कार्यक्रमका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरु मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः रु. एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा बाह्रखरी उत्कृष्ट कथा २०८०’ कथाकृतिको लोकार्पण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *