स्थापनाकालदेखि नै लगानीकर्ताहरूलाई लोभलाग्दो प्रतिफल दिँदै आएको सिटिजन्स बैंक – Nepal Press

स्थापनाकालदेखि नै लगानीकर्ताहरूलाई लोभलाग्दो प्रतिफल दिँदै आएको सिटिजन्स बैंक

काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्ना सेयर धनीहरूलाई लाभांश घोषणा गरिरहेका छन् भने, कतिपयले लगानीकर्ताको हाल खालि राखेका छन् ।

आफ्नो स्थापनाकालदेखि नै लगानीकर्ताहरूलाई लोभलाग्दो प्रतिफल दिँदै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस वर्ष पनि ५.७९ नगद प्रतिशत लाभांश दिँदै छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ नगद लाभांश दिन लागेको हो ।

आर्थिक वर्षको पुस मसान्तसम्म सूचीकृत कम्पनीहरूले साधारण सभा गर्नुपर्ने व्यवस्था छ । सोहीअनुरूप केही कम्पनीले साधारण सभा गरिसकेका छन् । केही गर्ने चरणमा छन् । दुई दर्जनभन्दा बढी कम्पनीले भने लगानीकर्ताको हात खाली बनाएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले राम्रो प्रतिफल दिन नसकेर गाभ्ने र गाभिने अर्थात् मर्जरमा जाने क्रम जारी छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्ताको हाल खालि राख्दै गर्दा सिटिजन्स बैंकले भने त्यस्तो अवस्थामा पनि सेयरधनीहरुलाई निराश गरेको देखिँदैन् ।

गत आर्थिक वर्ष २०७९ मा मात्रै बैंकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

कुनै पनि कम्पनीको शेयरमा सर्वसाधारणले लगानी गर्नुको उद्देश्य कि तत्काल शेयर बेचेर नाफा खान हुन्छ कि त दीर्घकालसम्म राखेर लाभांश खाने हो । लाभांश खाने लगानीकर्तालाई भने हरेक वर्ष कुन कम्पनीले कति लाभांश दिन्छ भन्ने विषयमा चासो हुने गर्छ ।

पछिल्लो समय अधिकांश बैंकहरुले राम्रो प्रतिफल दिन नसक्दा कतिपय बैंकहरु ध्वस्त भए भने कतिपय बैंकहरु मर्जरमा गए ।

आफ्नो स्थापना कालदेखि अहिलेसम्म मर्जरमा नगएको सिटिजन्स बैंकले आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ चुक्ता पुँजीको ८ प्रतिशत अर्थात ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँ बोनस सेयर र ३ प्रतिशत अर्थात् २७ करोड २६ लाख ९४ हजार ५१८ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आफ्नो स्थापना कालदेखि नै राम्रो प्रतिफल दिँदै नेपाली बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आइरहेको छ ।

सिटिजन्स बैंकले देशैभर आफ्ना १९० शाखा, १५१ एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर