नेपाल विज्ञापन संघको २४ औ साधारण सभा सम्पन्न – Nepal Press

नेपाल विज्ञापन संघको २४ औ साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघको २४ औ साधारण सभा सम्पन्न भएको छ ।

शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेपाल उद्योग वाणिज्य महासंघ, विज्ञापन बोर्ड, विभिन्न संघ संस्था, सञ्चार उद्यमीहरूको बाक्लो उपस्थितिमा विज्ञापन संघको २४ औ साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्रगत प्रतिनिधित्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सी प्रतिकुनै पूर्वाग्रह नराखेको संघका अध्यक्षबाट राखेका सुझाव सल्लाहहरूलाई सुधार गर्न पहल हुनुपर्ने बताइन् ।

मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भए तापनि अश्लील र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्य कालागि नियमावली तुरुन्तै जारी गर्ने कार्य भइरहेको बताइन् ।

त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरू र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले संघबाट बोर्डका हरेक कदममा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए ।

मिडिया एलायन्सका अध्यक्ष भाष्कर राज राज कर्णिकारले सरकारबाट आमसञ्चार क्षेत्रको संरक्षण तथा विकासका लागि अनियन्त्रित युट्युब तथा सामाजिक सञ्जालमा विज्ञापनमा रोक लगाउनु पर्ने विषयमा जोड दिए ।

संघका अध्यक्षले आफ्नो स्वागत मन्तव्यसँगै समग्र विज्ञापन उद्योगका समस्याहरू राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर