संसद् सुचारु हुन ढिलो भए अध्यादेशबाटै संघीय निजामती ऐन ल्याउने कानूनमन्त्री गुरुङको घोषणा (भिडिओ) – Nepal Press

संसद् सुचारु हुन ढिलो भए अध्यादेशबाटै संघीय निजामती ऐन ल्याउने कानूनमन्त्री गुरुङको घोषणा (भिडिओ)

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन् ।

शनिवार कांग्रेसको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका हुन् ।

उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए । उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानूनहरु पारित गर्ने तयारीमा रहेको बताए ।

उपसभापति गुरुङले काँग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर