सामाजिक सुरक्षा कोषले माग्यो दुई उपनिर्देशकसहित ५० जना कर्मचारीकाे आवेदन – Nepal Press

सामाजिक सुरक्षा कोषले माग्यो दुई उपनिर्देशकसहित ५० जना कर्मचारीकाे आवेदन

काठमाडौं। सामाजिक सुरक्षा कोषले दुई जना उपनिर्देशकसहित ५० जना रिक्त कर्मचारीको पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि कोषले दरखास्त माग गरेको हो ।

कोषले शुक्रबार प्रकाशित गरेको विज्ञापन अनुसार प्रशासन वित्ततर्फ नवौ तहको उपनिर्देशक खुला पदपूर्तिका लागि एक जना र प्रशासन वित्ततर्फ नै एक जना उपनिर्देशक महिलाका लागि आवेदन माग गरेको छ ।

यस्तै आठौ तहको वरिष्ठ सहायक निर्देशकतर्फ सात जना, आठौ तहकै अधिकृत एक जना, सातौ तहको सहायक निर्देशक १० जना, छैटौ तहको अधिकृत तहमा ११ जना, पाँचौ तहका लागि चार जना र चौथो तहका लागि नौ जना कर्मचारीका लागि आवेदन माग गरिएका छ ।

न्यूनतम योग्यता पुगेका उम्मेदवारले अनलाइन प्रणालीमार्फत पुष २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म दरखास्त दिन सक्ने जनाएको छ ।

आवेदन पुस २६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *