सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त – Nepal Press

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम अनुमोदन गरेसँगै राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्  ।

सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल न्यायाधीशमा नियुक्त भएका छन् ।

न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर