१० कित्ते नीति फेरिँदैन: रमेश हमाल – Nepal Press

१० कित्ते नीति फेरिँदैन: रमेश हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीति परिवर्तन नहुने बताएका छन् ।

नबिल स्टक डिलर लिमिटेडको शुक्रबार भएको उद्घाटनमा उनले १० कित्ते नीति परिवर्तन नहुने बताएका हुन् ।

अहिले अध्ययनको लागि समिति बनेको र उक्त समितिले दिएको प्रतिवेदनअनुसार हुने अध्यक्ष हमालले बताए ।

‘अध्ययनको लागि समिति बनेको हो । तर, १० कित्ता शेयर भर्ने व्यवस्था नै रोक्न लागेको भनेर हल्ला भएछ’, उनले भने, ‘हमालले कार्यकालको अन्तिम समयमा आएर बोर्डमा महत्त्वपूर्ण काम गरेको भन्ने गरेका छन् । राज्यको तलब खाएपछि काम गर्नुपर्छ । बोर्डमा काम गर्छु भनेर नै आएको हो । म तलब खाएर काम नगरी बस्न सक्दिनँ । राज्यलाई माग गर्छु भनेर नै बोर्डमा आएको हुँ ।’

बोर्डले सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरी सदस्य छन् ।

समितिले आईपीओमा न्यूनतम १० कित्ते नीतिसम्बन्धी व्यवस्था पुनरवलोकनका लागि अध्ययन गर्नेछ । अध्ययनबाट यथावत राख्ने कि हटाउने भन्ने सुझाव पेश हुनेछ ।


प्रतिक्रिया

One thought on “१० कित्ते नीति फेरिँदैन: रमेश हमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर