ट्रकले ठक्कर दिँदा स्कुल हिँडेका बालकको मृत्यु – Nepal Press

ट्रकले ठक्कर दिँदा स्कुल हिँडेका बालकको मृत्यु

हेटौंडा । मकवानपुरमा ट्रकको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

पश्चिम मकवानपुरका मनहरी गाउँपालिका वडा नंबर ७ स्थित पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा राष्ट्रिय आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत ७ वर्षका उमेश प्रजाको मृत्यु भएको हो ।

घरबाट विद्यालय गइहेको अवस्थामा चितवनबाट हेटौँडा जाँदै गरेको ना ५ ख ३७८३ नंबरको ट्रकले ठक्कर दिएपछि घाइते भएका बालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *