नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन बुटवलमा – Nepal Press

नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन बुटवलमा

रुपन्देही । बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन हुन लागेको छ । बुटवल जेसीजको आतिथ्यमा मंसिर २९ देखि पुस २ गतेसम्म बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेसीजको राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले देशभरका शाखाहरुबाट प्रतिनिधिहरु बुटवल आउन सुरु भएको छ । महाधिवेशनमा जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् ।

उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथिसमेत गरी करिब ४ हजारभन्दा बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए ।

महाधिवेशनको शुक्रबार दिउँसो २ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५०औं राष्ट्रिय महाधिवेशन भएकाले दुबै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको उनले बताए ।

‘सक्षम युवा सुदृढ देशः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारासहित हुने जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिने पूर्वराष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजुले जानकारी दिए ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न १६ वटा उपसमितिले काम गरिरहेको प्रचारप्रसार संयोजक राजीव गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *