इजरायले जथाभाबी बम हानेर विश्व सहयोग गुमायो : बाइडेन – Nepal Press

इजरायले जथाभाबी बम हानेर विश्व सहयोग गुमायो : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा जथाभाबी बम हान्नाले विश्व समर्थन गुमाएको बताएका छन् ।

बीबीसीका अनुसार बाइडेनले यो कुरा मङ्गलवारको राष्ट्रपतीय चुनावको चन्दा संकलनका क्रममा भनेका हुन् । बाइडेनले इजरायलमाथि गरेको यो नै सबैभन्दा ठूलो आलोचना भएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी सहयोग इजरायलमा हुने भन्दै इजरायल सरकारलाई भने बाइडेनले खबरदारी गरेको बिबिसीले उल्लेख गरेको छ ।

‘अहिले इजरायलको सुरक्षाको लागी अमेरिका मात्रै छैन । युरोपेली संघ छ, युरोप छ र बहुमत विश्व छ’, बाइडेनले भनेका छन्, ‘तर, इजरायलले जथाभाबी बम हानेर त्यो समर्थन गुमाइरहेको छ ।’

गत अक्टोबर सातमा इजरायलमा आक्रमण गरेको हमासको प्रतिकारको क्रममा इजरायलले गाजाका अस्पताल, शरणार्थी शिविरदेखि घरहरूमा बम हानेकोमा विश्व आलोचना आइरहेको छ ।

यस अगाडिसम्म यो मुद्दामा मौन देखिएका बाइडेनले मङ्गलवार भनेको अभिव्यक्ति उनको पुरानो अडान भन्दा भिन्न देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर