आर्थिक मन्दीकाे असर: पर्साका १७७ उद्योग बन्द – Nepal Press

आर्थिक मन्दीकाे असर: पर्साका १७७ उद्योग बन्द

वीरगञ्ज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८र७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिकवबर्ष २०७९/८० मा  एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो ।

उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *