मैत्रीपूर्ण फुटसलमा राष्ट्रियसभालाई प्रतिनिधिसभाले ४-० ले हरायो, क-कसले गरे गोल ? (तस्बिरहरू/भिडिओ) – Nepal Press

मैत्रीपूर्ण फुटसलमा राष्ट्रियसभालाई प्रतिनिधिसभाले ४-० ले हरायो, क-कसले गरे गोल ? (तस्बिरहरू/भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच आज मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।

संघीय संसद सेवा दिवस २०८० का अवसरमा भृकुटीमण्डपमा आयोजित फुटसलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४-० ले हरायो ।

प्रतिनिसभातर्फ केही फुटसलमा अभ्यस्त खेलाडीहरु थिए भने राष्ट्रियसभाको टीम कमजोर थियो । त्यसैले खेल पनि एकतर्फी भयो । प्रतिनिधिसभाको कप्तानी सभामुख देवराज घिमिरे र राष्ट्रियसभाको कप्तानी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गरेका थिए । उनीहरु दुवैजना सुरुमा केहीबेर मैदानमा बसेर सब्स्टिच्यूट भएका थिए ।

फुटसलको नियमबमोजिम नै खेल खेलाइएको थियो । मध्यान्तरअघि र पछि २०–२० मिनेट भएको खेलमा दुवै टिमबाट एकपटकमा ५–५ खेलाडी मैदानमा भिडेका थिए ।

खेलमा प्रतिनिधिसभाका माधव सापकोटाले दुई गोल गरेका थिए । दोस्रो हाफमा छिरेका विश्वप्रकाश शर्माले एक गोल थपे भने अन्तिम गोल विराजभक्त महर्जनले गरे । प्रतिनिधिसभाबाट विराजभक्त मात्रै सुरुदेखि अन्त्यसम्म खेलेका थिए ।

प्रतिनिधिसभाको गोलकिपर मनिष झा थिए । तर, विपक्षी टीमबाट एउटा पनि चार्ज नभएपछि उनलाई खासै दुख भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *