भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै – Nepal Press

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनु पर्नेछ भारतलाई हराएर मात्रै पुग्ने छैन । अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गर्नुपर्नेछ ।

नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् ।

अंकविहिन नेपाल तालिकाको पुछारमा छ । पाकिस्तानको रनरेट १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको माइनस २.०२४ छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर