नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता – Nepal Press

नेपाल बैंक र एक्जिम बैंकबीच आयात निर्यात व्यापार सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडको एक्जिम बैंक इन्डियाबीच आयात निर्यात व्यापार सम्बन्धी सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेडले ‘इएक्सआइएम बैंक इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु ‘ट्रेड ऐसीस्टेन प्रोग्राम’ अन्तर्गत सम्झौता भएको हो । बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम, अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर