प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै – Nepal Press

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप २८० मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री आज साँझ स्वदेश फर्किने भएका हुन् ।

कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका थिए ।

उनले आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हिमाललाई यातना दिइएको पनि बताएका थिए ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी) ले दिएको प्रतिवेदनबाट आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको उल्लेख गर्दै उनले जलवायु प्रेरित प्रकोपले हिमाली क्षेत्रमा कीर्तिमान तोडिरहेको सम्मेलनमा बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *