बालकृष्ण खाणको भाग्य तेस्रो न्यायाधीशको हातमा, कसरी हुन्छ राय बाझिएको सुनुवाइ ? – Nepal Press

बालकृष्ण खाणको भाग्य तेस्रो न्यायाधीशको हातमा, कसरी हुन्छ राय बाझिएको सुनुवाइ ?

ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको भाग्य अब उच्च अदालतका एकजना न्यायाधीशको इजलासमा निर्भर रहेको छ । शुक्रबार भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएपछि अब तेस्रो न्यायाधीशको एकल इजलासले खाणलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने निर्क्यौल गर्नेछ ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठिक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्ने प्रवक्ता तीर्थराज भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका छन् ।

तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि तेस्रो न्यायाधीशको हातमा गएको हो । एकल इजलासले जसको राय ठीक भन्छ सोही बमोजिम हुने भट्टराईले बताए ।


प्रतिक्रिया

2 thoughts on “बालकृष्ण खाणको भाग्य तेस्रो न्यायाधीशको हातमा, कसरी हुन्छ राय बाझिएको सुनुवाइ ?

  1. खाँडलाई छोडनुपूर्वको नाटक हो यो । अदालतको फैसला पार्टी कार्यालयमा लेखिन थाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर