नेपाल एयरलाइन्सले छुटेका यात्रुसँग माग्यो माफी, आजै वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याउने तयारी – Nepal Press

नेपाल एयरलाइन्सले छुटेका यात्रुसँग माग्यो माफी, आजै वैकल्पिक उडानबाट गन्तव्यमा पुर्‍याउने तयारी

काठमाडौं । नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ ले प्रधामन्त्री चढेको जहाजबाट छुटेका ३१ यात्रुहरुप्रति माफी मागेको छ । त्यस्तै, उनीहरु सबैलाई आजै वैकल्पिक उडानबाट गन्तव्यमा पुर्याउने पनि जनाएको छ ।

बुधबार राति ९ः३० बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट टिकट काटेका ३१ यात्रुहरु छुटेपछि एयसलाइन्सले क्षमा मागेको हो । जहाँ ३१ यात्रुलाई छुटाएर दुई घण्टाअघि नै जहाज दुबई उडीसकेको थियो । एयसलाइन्सले ३१ यात्रुहरु छुटाएको विषयमा आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका वाणिज्य विभाग प्रमुखलाई निर्देशन समेत दिएको जनाएको छ । ।

काठमाडौंबाट दुबईका लागि उडेको जहाज नियमित उडान समय रिसेड्युल भई ९ः३० बजे राखिएको र यात्रुहरुको उपलब्ध इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत सेड्युल परिवर्तन भएको जानकारी गराइएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

२७४ यात्रुमध्ये ३१ जना छ्टेका थिए ।

त्यस्तै, बिहीबार उपलब्ध वैकल्पिक उडानबाट सबै यात्रुहरुलाई गन्तव्यमा पुयाउने प्रबन्ध मिलाइएको एयरलाइन्सले विज्ञप्तिमा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर