केपी ओली कप सेमिफाइनल : एपीएफलाई मधेश प्रदेशले दियो १९८ रनको विशाल लक्ष्य – Nepal Press

केपी ओली कप सेमिफाइनल : एपीएफलाई मधेश प्रदेशले दियो १९८ रनको विशाल लक्ष्य

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु १९८ रनको विशाल लक्ष्य प्रस्तुत छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनायो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरे ।

शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भए । पवन सराफले १९ बलमा ३३ रन बनाए । रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएर आउट भए ।

बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।

यसअघि बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर