कुस्ती प्रतियोगिता राखिएपछि प्रादेशिक महोत्सवमा दर्शकको चाप – Nepal Press

कुस्ती प्रतियोगिता राखिएपछि प्रादेशिक महोत्सवमा दर्शकको चाप

रुपन्देही । रुपन्देहीको भैरहवामा जारी छैटौं लुम्बिनी प्रादेशिक महोत्सवमा बुधबारदेखि कुस्ती प्रतियोगिता सुरु भएपछि दर्शकको चाप बढेको छ । तराईमा बढी चासोका साथ हेरिने कुस्ती प्रतियोगिताले दर्शकलाई आकर्षित गरेकाे आयोजकको भनाइ छ ।

प्रतियोगितामा नेपाल र भारतका पुरुषसँगै महिला पहलमानहरुको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर १५ गतेसम्म चल्ने महोत्सवका कुस्ती व्यवस्थापन संयोजक प्रभु यादवले जनाएका छन् ।

महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले प्रतियोगिताले कुस्ती खेलको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुने उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक कृष्णप्रसाद पाण्डेले बताए ।

सिद्धार्थनगर नगरपालिका- ८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सवको सहआयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवर्द्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमाई र सम्मरीमाई गाउँपालिका रुपन्देही रहेका छन् ।

महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, काठमाडौं र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर