सिंहदरबारमा ओली, प्रधानमन्त्रीसँग भेटघाट – Nepal Press

सिंहदरबारमा ओली, प्रधानमन्त्रीसँग भेटघाट

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् । मध्यपहाडी लोकमार्ग पदयात्रामा निस्कनुअघि सिंहदरबार पुगेका ओली र प्रधानमन्त्रीबीच प्रधानमन्त्री कार्यालयमा भेटघाट भइरहेको छ ।

ओली-प्रचण्ड भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको छ ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट रहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर