सीजी मोटर्सका नयाँ तीन शोरुम सञ्चालनमा – Nepal Press

सीजी मोटर्सका नयाँ तीन शोरुम सञ्चालनमा

काठमाडौं । इभी गाडीको अधिकारिक बिक्रेता सीजी मोटर्सले नेपालका तीन नयाँ स्थानहरुमा शोरुम सञ्चालनमा ल्याएको छ ।

नेटा भी, सीजी केवाइसी भ्यानको अधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकको सहजताको लागि तीन (बिर्तामोड, वीरगन्ज र धनगढि) शहरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढिमा ब्रम्हा मोटर्सले डिलरशीप पाएर शोरुम सन्चालनमा आएका हुन् ।

ग्राहकको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिट्टै नै सन्चालनमा आउने कम्पनीले जनाएको छ । सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभीले १७० मिमि को ग्रोउन्ड किलिरेनश, ८ बर्ष अथवा १ लाख ५० हजार किलोमिटरको वारेण्टी प्रदान गर्दछ ।

काठमाडौंको नक्साल र पोखरामा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको सीजी मोटर्सले विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा विस्तारित नयाँ शोरुमसहित सर्भिसको सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।

कम्पनीले नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर