प्रभु साहको प्रस्ताव- प्रचण्ड सरकार विघटन गरौं, अन्तरिम सरकार बनाएर जाऔं (भिडिओ) – Nepal Press

प्रभु साहको प्रस्ताव- प्रचण्ड सरकार विघटन गरौं, अन्तरिम सरकार बनाएर जाऔं (भिडिओ)

काठमाडौं । आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् ।

मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नुपर्ने उनको प्रस्ताव छ । सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरूको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको टिप्पणी गरे ।

विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्न राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनले विकल्प दिए । अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले भने, ‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुसखोरी चरम सीमामा छ । यसलाई रोक्न सबैको ध्यान जाओस् । खासगरी सरकार, जसले मिटरब्याजीमार्फत गरिवलाई न्याय दिन्छु भनेको थियो । आज ती कुरा हावादारी जस्तो भयो । गरिवले न्याय पाएनन् । अन्ततः दलालले लाभ पाए । घुसखोर कर्मचारीले लाभ पाए । र, आज एउटा खेल तमासा सिडियो कार्यालयहरुमा भईराखेको छ । त्यतातिर सरकारको ध्यान जाओस् । म विशेष आग्रह गर्न चाहन्छु । महंगी ठूलो समस्या भएको छ । सरकार निकम्मा देखिएको छ । मिसावट, कालोबजारी देशको प्रमुख समस्या भएको छ । र, त्यसलाई रोक्न सरकार निकम्मा जस्तो देखिन्छ ।’

राजनीतिक दलहरूले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने उनले जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर