भ्रष्टाचार आरोपमा रामधुनीका उपमेयर र वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर – Nepal Press

भ्रष्टाचार आरोपमा रामधुनीका उपमेयर र वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपमेयर सविनाकुमारी चौधरीसहित ९ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापभन्दा बढी बाटो कालोपत्रे गरेको देखाएर भ्रष्ट्राचार गरेको भन्दै उनीहरुविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत देवेन्द्रनारायण चौधरी, शव इन्जिनियर हर्षलाल चौधरी, वडा-३ का वडाध्यक्ष रामकुमार चौधरीसहितलाई प्रतिवादी बनाइएको छ ।

२ लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा भ्रष्ट्राचार भएको अख्तियारको ठहर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *