ताप्लेजुङमा एमालेको चियापानमा पहिचानवादीको अवरोध प्रयास, दुई समूहबीच झडप – Nepal Press

ताप्लेजुङमा एमालेको चियापानमा पहिचानवादीको अवरोध प्रयास, दुई समूहबीच झडप

विराटनगर । नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् ।

एमाले योगेश भट्टराईले गृहजिल्ला ताप्लेजुङ आएको अवसरमा एमालले चियापान कार्यक्रम आयोजना गरेको थियो । सचिव भट्टराई उपस्थित भएको भन्दै पहिचानवादीहरूले कार्यक्रम अवरोध गर्न पुगेका थिए । कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच ताप्लेजुङमा झडपसमेत भएको छ । झडपका क्रममा ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिचानवादीहरूले घर अगाडि प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच झडप भएपछि प्रहरीले छुट्याएको छ । अहिले अवस्था सामान्य भएको र चियापान कार्यक्रम सुचारु भएको एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तीलकुमार मेन्याङ्वोले बताए ।

उनले सामान्यरूपमा नाराजुलुस भएको र अहिले अवस्था सामान्य भएको बताए । सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेवे र प्रदेश सांसद तीलकुमार मेन्याङवोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका थिए ।

पहिचानवादीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्नेलगायतका माग गर्दै आएका छन् । उनीहरूले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।


प्रतिक्रिया

One thought on “ताप्लेजुङमा एमालेको चियापानमा पहिचानवादीको अवरोध प्रयास, दुई समूहबीच झडप

  1. यी पहिचानवादी नामका माओवादी र दिल्लीका भाडाका टट्टु हुन् । यी टोले गुण्डा बरावर हैसियत भएका मात्र हुन् । यिनको मुख्य काम मालिकको आदेश बमोजिम एमालेको विरोध गर्नु मात्र हो । आफूलाई पहिचानवादीको ठेकेदार भन्ने माओवादीकै भोटले कोशी प्रदेश नामाकरण भएको हो । भनेपछि यी पहिचानवाली हुन् भने त यिनको तारो माओवादी हुनुपर्ने । सधैं जातीय राज्यको विरोधी एमाले कसरी निशानामा ? त्यसैले दुर्गा प्रसाई र पहिचानवादी भनेका दिल्लीका भाडाका टट्टु सिवाय कृहि होईनन । नेपालका राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने दिल्लीको योजनाका नोकर हुन् अहिलेको गठबन्धन, दुर्गा र कथित पहिचानवादी नामका गुण्डाहरू । तर होशियार दलालहरू ! स्वाभिमानी नेपाली जनताले तिमीहरू सबैलाई ठिक लगाउँछन् । माल्दिभ्सका जनताले भारतको टट्टु सरकारलाई मिल्काइ दिए । अब नेपालमा पनि यहि गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर