प्रथम काभ्रे पुरुष व्हीलचियर प्रतियोगिताको उपाधि जावलाखेल व्हीलचियर क्लबलाई – Nepal Press

प्रथम काभ्रे पुरुष व्हीलचियर प्रतियोगिताको उपाधि जावलाखेल व्हीलचियर क्लबलाई

धुलिखेल । प्रथम काभ्रे पुरुष व्हीलचियर प्रतियोगिताको उपाधि जावलाखेल व्हीलचियर क्लबले जितेको छ ।

मेरुदण्ड पक्षघात संघको काभ्रेको आयोजनामा धुलिखेलमा आयोजना भएको प्रतियोगितामा जावलाखेल व्हीलचियर क्लबले त्रिभुवन आर्मी क्लबलाई फाइनलमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो ।

प्रतियोगितामा मेरुदण्ड पक्षघात समूह नेपालले तेस्रो स्थान हासिल गरेको छ भने नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले चौथो स्थान हासिल गरेको थियो ।

प्रथमलाई नगद २५ हजार पुरस्कारसहित मेडल, ट्रफि र प्रमाणपत्रको व्यवस्था रहेको प्रतियोगितामा दोस्रोलाई नगद २० हजार र तेस्रो स्थान हासिल गर्ने टिमलाई नगद १५ हजार पुरस्कार राशीको व्यवस्था रहेको आयोजक मेरुदण्ड पक्षघात संघको काभ्रेका अध्यक्ष महेश्वर थापाले बताए।

शनिबार सम्पन्न प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामाले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदलाई थप प्राथमिकताका साथ लगानी गर्नुपर्ने साथै खेलकुदकै माध्यमबाट उनीहरुलाई समाजमा पुनर्स्थापित गर्नुपर्ने बताए ।

प्रतियोगिताको समारोह सत्रमा जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपक कुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ, रोशी गाउँपालिका प्रमुख दिनेश लामालयागतको आतिथ्यता रहेको थियो भने ५० भन्दा बढि मेरुदण्ड पक्षघात अपाङ्गता भएका खेलाडीहरुको सहभागिता रहेको थियो ।

नवराज साेती


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *