खुत्रुकेमा जम्मा गरेको भत्ताबाट भोजपुरकी उपमेयरले बालबालिकालाई बाँडिन् पोसाक – Nepal Press

खुत्रुकेमा जम्मा गरेको भत्ताबाट भोजपुरकी उपमेयरले बालबालिकालाई बाँडिन् पोसाक

भोजपुर । भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पाले २९ जना बालबालिकालाई विद्यालय पोसाक सहयोग गरेकी छन् ।बैठक भत्ताबापतको रकम खुत्रुकेमा जम्मा पारेर बालबालिकालाई सहयोग गरेको उनले बताइन् ।

नगरपालिकाको गुप्तेश्वरस्थिर कालिका प्राविका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी उनले पोसाक वितरण गरिन् । सोक्रममा शिक्षकशिक्षिका, अक्षय कोष दाता, व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय समाजसेवीलाई पनि उनले सम्मान गरेकी छन् ।

बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरणासहित विद्यालयको शैक्षिक, भौतिक विकासमा खटिनेहरुको कदर गर्दै यो सहयोग र सम्मान गरेको शेर्पाको भनाइ छ ।

नगर क्षेत्रका शैक्षिक, खेलकुद, पूर्वाधार क्षेत्रमा उनले विगतदेखि नै व्यक्तिगत रूपमा सरसहयोग गर्दै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *