पर्यटनमन्त्री किराँती भन्छन्- काठमाडौंमा राउटेका राजा त कहिलेकाहीँ आउलान् (भिडिओ) – Nepal Press

पर्यटनमन्त्री किराँती भन्छन्- काठमाडौंमा राउटेका राजा त कहिलेकाहीँ आउलान् (भिडिओ)

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उउडन मन्त्री सुदन किराँतीले नेपालमा अब राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । उनले केही दिनयता राजा फर्काउने भनेर केही तत्वहरु लागि परेकोतर्फ संकेत गर्दै इतिहासको चिहानबाट राजा फर्केको इतिहास नभएको बताए ।

शुक्रबार कपिलवस्तुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लोकतन्त्रको विकल्प अन्य कुनै पनि शासन हुन नसक्ने भन्दै सरकार आवश्यक परे प्यारासुट जम्प गर्ने बताए ।

‘काठमाडौंमा केही साथीहरुले सोध्दै थिए, राजा आउँछन् ? काठमाडौंमा राउटेका राजा चाँहि कहिलेकाहीँ आउँछन्, तर इतिहासमा अंकित भएका राजा आउँदैनन’ मन्त्री किराँतीले भने । उनले उनले ठूलो संघर्षबाट नेपालको विविधतालाई मध्यनजर गरी संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए ।

उनले नेपालमा रेडियो बजाउन लाइसेन्स लिनुपर्ने अवस्थाबाट नागरिकलाई अधिकार सम्पन्न बनाएको यो व्यवस्थाको विकल्प नभएको बताए । उनले देशको भौगौलिक वनावट, जातीय बसोबासका कारणले सबै मिलेर बस्नुपर्ने अवस्था रहेको बताए ।

‘मुक्तिनाथमा बुद्ध र हिन्दुको पूजा गरिन्छ, माईपोखरीमा बुद्ध हिन्दु र किराँतको पूजा गरिन्छ, हलेसीमा बुद्ध, हिन्दु र किराँतको संगमस्थल छ, संसारमा कहाँ छ, लुम्बिनीलाई मुस्लिमहरुले जोगाएका छन्’, मन्त्री किराँतीले भने, ‘कुनै पनि तत्वले समाजलाई फुटाउन सक्दैनन ।’ उनले शान्तिबाटै विकास गर्न सकिने बताए । उनले आवश्यक परेको खण्डमा सरकारले प्यारासुट जम्प गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर