प्रधान सेनापतिको लाइनमा वरिष्ठ उपरथी अशोक सिग्देल, रथीमा बढुवाका लागि सिफारिस – Nepal Press

प्रधान सेनापतिको लाइनमा वरिष्ठ उपरथी अशोक सिग्देल, रथीमा बढुवाका लागि सिफारिस

काठमाडौं । उमेर कीर्ते विवादपछि ताराध्वज पाण्डेको राजीनामा स्वीकृतिसँगै नेपाली सेनाको रथी पदमा बढुवाका लागि वरिष्ठतम उपरथी अशोक सिग्देलको नाम सिफारिस भएको छ ।

रथी सिताराम खड्का नेतृत्वको बढुवा समितिले रिक्त एक रथी पदका लागि सिग्देलको नाम सिफारिस गरेको हो । बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि सो ठाउँमा यसअघि पाण्डेको नाम सिफारिस भएको थियो ।

सिग्देलको बढुवा सिफारिसबारे उजुरीका लागि सात दिनको सूचना जारी हुनेछ । त्यसपछि उनी रथीमा बढुवा भएसँगै प्रधान सेनापतिको लाइनमा रहनेछन् ।

नेपाली सेनामा २ रथीमध्ये बलाध्यक्ष रथी राणाले गत कात्तिक ११ गते अवकाश पाएपछि सो रिक्त स्थानमा पाण्डेलाई बढुवा गरी प्रधान सेनापतिको लाइनमा राख्न खोजिको थियो ।

तर नेपाल प्रेसले पाण्डेको उमेर कीर्ते प्रमाणसहित समाचार खुलासा गरेपछि अन्ततः राजीनामा दिएर हिँडेका छन् ।

अर्का रथी सिताराम खड्का पुसमा अवकाश हुँदैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *