टोखामा एभरेष्ट बैंककाे १२८ औं शाखा सञ्चालनमा – Nepal Press

टोखामा एभरेष्ट बैंककाे १२८ औं शाखा सञ्चालनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ ।

शुक्रबार बैंकले टोखा नगरपालिका–६ मा १२८ औं शाखा उद्घाटन गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा साखा उद्घाटन गरेका हुन् ।

बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको साथै साथै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै, नगरपालिकाका उप–मेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए ।

उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर